हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा | असोज ७, २०८१

हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा:    जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार  मध्ये एक जनालाई  पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।  फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ । 


थुनुवाले रड काट्न प्रयोग हुने  ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर  फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनुभयो । 


यसैबीच,प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्